‘सूचना संयोजक’ मा लक्ष्मण

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:३२
Logo of trishuli prawaha

विदुर, कोरोना रोगको वस्तुस्थितीको लागि नेपाल सरकारलाई झकझकाउन नेपाली काँग्रेसले गठन गरेको ‘कोभिड-१९ अनुगमन समिति’ नुवाकोटको सूचना संयोजकमा लक्ष्मण श्रेष्ठ चयन हुनुभएको छ । नेपाली काँग्रेस नुवाकोटको पूर्वसचिव समेत रहनुभएका विदुर नगरपालिका वडा नं.-५ गंगटेका लक्ष्मण श्रेष्ठलाई ‘कोभिड-१९ अनुगमन समिति’ का संयोजक डाक्टर प्रकाशशरण महतले जिम्मेवारी तोकिएको जानकारी गराउनुभएको हो ।

     सूचना सयोजकमा चयन हुनुभएका लक्ष्मण श्रेष्ठलाई पार्टीसँग समन्वय गर्दै नुवाकोटमा कोरोनाको स्थिती र परीक्षणको दायरा, आईसोलेसन र क्वारेन्टीनको सुविधा, मापदण्ड, कोरोना संक्रमणको लागि जिल्लामा अस्पतालको स्थिती, स्वास्थ्य सामाग्री, चिकित्सक तथा स्वास्थ्यकर्मीको ब्यवस्थाको बारेमा जानकारी लिन र त्यसको सूचना ‘कोभिड–१९ अनुगमन समिति’ लाई उपलब्ध गराउन भनिएको छ । नेपाली काँग्रेसले केन्द्रमा ‘कोभिड–१९ अनुगमन समिति’ गठन गरेर त्यसको संयोजककमा पार्टीको सहमहामन्त्री एंव पूर्वमन्त्री डा.प्रकाशशरण महतलाई तोकेर अहिलेको कोरोना रोगको रोकथाम उपचारलगायतको पक्षमा भएका गतिविधीको सूचना संकलन तथा राज्यलाई सुझाव, परामर्श एंव सल्लाह दिंदै आएको छ । जिल्ला तहमा ‘सूचना संयोजक’ तोकेर सूचना संकलन गर्दै त्यसलाई केन्द्रमार्फत केन्द्रीयतहबाटै काँग्रेसले आवाज उठाउदै आएको छ ।