तारकेश्वरमा भारतीय राजदुतावासको एम्बुलेन्स

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:३४
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको लागि भारतीय राजदुतावासले एउटा एम्बुलेन्स सहयोग गरेको छ ।

      गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले भारतीय राजदुतावाससँग गत बुधबार सम्झौता गरेपछि एम्बुलेन्स गाउँपालिका आई पुग्नेछ । कोरोना भाईरस (कोभिड-१९) का कारण गाउँपालिकाले एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नुपरेको अध्यक्ष वस्तीले बताउनु भयो । अबका दिनमा गाउँपालिकाका नागरिकलाई सहज हिसाबले स्वास्थ्य सेवा दिन सकिने उहाँले जानकारी गराउनु भयो । कोरोनाका कारण भारतलगायत तेस्रो मुलुकमा रहेका सबभन्दा बढी घर फर्कने नागरिक १२ वटा पालिका मध्ये तारकेश्वर गाउँपालिकाका रहेको थियो । घर फर्किनेको संख्या बढी भएकोले पालिकाले उद्धार गर्न निकै कठिन परिस्थिती रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अब भने गाउँपालिकाका नागरिकलाई अस्पताल पु¥याउन तथा कोरोना संक्रमितलाई ब्यवस्थापन गर्न सजिलो हुनेछ ।’ गाउँपालिकामा आफ्नै एम्बुलेन्स नहँुदा नुवाकोटका धेरै स्थानीय सरकारले चर्को रकम तिरेर आफ्ना नागरिलाई उद्धार गरिरहेका छन् ।