युवासंघ नुवाकोटको इञ्चार्ज सुरज

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:३६
Logo of trishuli prawaha

विदुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियासँगै नुवाकोटमा भातृ संगठनको एकता धमाधम भईरहेको छ । जिल्लामा राष्ट्रिय युवासंघ नेपाल नुवाकोटको इञ्चार्जको जिम्मेवारी सुरज लामा प्रकाशले पाउनुभएको छ ।

       राष्ट्रिय युवा संघ केन्द्रीय समितिको निर्णयानुसार नुवाकोटका योङ कम्युनिष्ट लिग वाइसिएलका पुर्व अध्यक्षसमेत रहेर काम गर्नुभएका लामाले पुनः एकतापछि जिल्लाको इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । नुवाकोटसँगै राष्ट्रिय युवासंघ नेपालले देशभरी ७७ वटै जिल्लामा इञ्चार्ज, सह-इञ्चार्ज, संयोजक र सह-संयोजक तोकेको छ । यस्तै युवा संघ नुवाकोटको सह–इञ्चार्जमा दिनेश आचार्य, संयोजकमा पशुपति थापा र सह-संयोजकमा दिनेश बोगटी चयन हुनुभएको छ । असोज १४ र १५ गते संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’को अध्यक्षमा बसेको कार्यालयको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेटअनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुङ्गाएको हो ।