झोलुङ्गेपुलको उद्घाटन

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३५
Logo of trishuli prawaha

समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाको वडा नं.२ र ३ को बीचमा रहेको ल्पेन्ट्युङ खोला र उचिवा खोलामा निर्माण सम्पन्न झोलुङ्गेपुलको गत हप्ता गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले उद्घाटन गर्नुभएको छ ।

      १ सय १६ मिटर लम्बाई भएको ल्पेन्ट्युङ खोलामा निर्माण सम्पन्न पुलको कुल लागत ४१ लाख, ६४ हजार ८ सय ८४ रुपैयाँ रहेको दुप्चेश्वर गाउँपालिकाका प्राविधिक विष्णु तामाङले जानकारी दिए । ल्पेन्ट्युङ खोलामा बनेको पुलले राउतवेंशीका वासिन्दाका साथै, विरेन्द्र माविका विद्यार्थीलाई आवतजावतमा सहज हुनेछ भने उचिवा खोलामाथी बनेको बोलगाउँ र सिङवामन जोड्ने पुलको कूल लागत ४१ लख २५ हजार १९ रुपैयाँ रहेको छ । पुलको लम्बाई ९६ मिटर रहेको छ ।