खानेपानी योजना सम्पन्न

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:४३
Logo of trishuli prawaha

कविलास, पञ्चकन्या गाउँपालिका वडा नं.-२ कबिलासमा कोरोना कहरकाबीच पनि कपिलेश्वरफेदी बृहत खानेपानी आयोजनको डिपबोरिङको काम अन्तिम चरण पुगेको छ ।

      संघीय सरकारको विशेष अनुदानमा निर्माण शुरु भएको उक्त योजना २०७६/०७७ मा कोरोना कहरका कारण सम्पन्न हुनसकेको थिएन । एक करोडको विशेष अनुदानमा टेण्डर भएको डिपबोरिङ ७९ लाखमा निर्माण सम्पन्न हुने गरी सम्झौता गरिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । यो डिपबोरिङ योजनाबाट गुर्थोक, पारथोक, कपिलेश्वरफेदी र छापथोकका ७५ घरपरवारका करिव ३ सय ५० जना उपभोक्तालाई प्रत्यक्षरुपमा फाईदा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताउनु भयो । प्रमुख पुडासैनीका अनुसार कोभिडका कारण प्रभावित बनेको योजना जनचाहनाका कारण सञ्चालन गरिएकोमा अहिले निर्माण अन्तिम चरणमा पुगको हो । अब छिट्टै उपभोक्तको घरघरमा पानी पुग्ने प्रमुख पुडासैनी बताउनु हुन्छ ।

      कपिलेश्वरफेदी बृहत खानेपानी आयोजनाको पानी वितरणको लागि पाईप बिछ्याउने काम र उपभोक्ताको घरमा धारा निर्माणको काम भईसकेको छ । त्यस्तै अहिले पानी जम्मा गर्ने ट्यांकी निमार्णको काम भईरहेको गाउँपालिकाले बताएको छ । असारमा ७० प्रतिशत काम सम्पन्न भएको आयोजनको अहिले ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको गाउँपालिकाले बताएको छ ।