राप्रपा केन्द्रिय समितिमा नुवाकोटका दश जना

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:४४
Logo of trishuli prawaha

विदुर, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नुवाकोटका दश जनासहित चार सय केन्द्रीय सदस्य थपिएका छन् ।

      राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले सोमबार एकैपटक चार सय केन्द्रीय सदस्य थप्ने निर्णय गरेका थिए । यसअघि ३ सय २७ जना केन्द्रीय सदस्य रहेको राप्रपामा अब ७ सय २७ जना केन्द्रीय सदस्य भएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि यो दोस्रो पटक केन्द्रीय कार्यसमिति बिस्तार भएको हो । यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति गत फागुनमा बिस्तार भएको थियो । एकीकरणपछि समायोजनका लागि यति धेरै केन्द्रीय सदस्य मनोनित गरिएको हो ।

      केन्द्रीय सदस्य मनोनित हुनेमा नुवाकोटका अणबहादुर प्याकुरेल, अष्टमाया लामा, आनन्दकुमार रिसाल, नरेन्द्रप्रसाद फुयाँल, नानिमैँया आचार्य, श्याम बलामी, सिता खड्का, सुन्दर पाण्डे, लक्ष्मी पण्डित र राम नेपाली रहेका छन् । पार्टीको प्रदेश प्रमुखलगायत अन्य जिम्मेवारी बाँडफाँडको छलफल जारी रहेको छ ।