नुवाकोट र रसुवामा चेम्बर दिवस

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार १२:३१

धुन्चे, नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७०औं वर्षमा प्रवेश गरेको अवसरमा नुवाकोट र रसुवामा रहेका चेम्बरले विविध कार्यक्रम सम्पन्न गरेको छ । २००७ सालमा चेम्बर स्थापना भएको थियो ।

    २०२२ सालमा चेम्बरकै पहलमा उद्योग वाणिज्य संघको स्थापना भयो । जसलाई अहिले नेपाल उद्योग वाणिज्य महासंघ भनिन्छ । देशमा संघीय प्रणाली लागू भएपछि चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आबद्ध संघ तथा राष्ट्रिय संघ-संस्थासम्म सदस्य बिस्तार गर्दै गएको चेम्बरको अहिले ७ प्रदेश, ६९ जिल्ला र ४६ नगरमा संगठन बिस्तार भईसकेको नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले बताए । चेम्बर दिवसको अवसरमा ब्यवसायी भेला भएर नुवाकोटमा ७९ वर्षको बृद्ध ब्यवसायी केशर श्रेष्ठले चेम्बरको कार्यालयमा नेपालको दुईवटा झण्डा झण्डोतलोन गर्नुभएको थियो । त्यसैगरी, रसुवामा चेम्बर अफ कमर्सले भौतिक दूरी कायम गरी ब्यवसायी भेला गरेर कोभिड-१९ ले पारेको असरबारे छलफल गरेको थियो । दिवसको अवसरमा चेम्बर कार्यालयमा झण्डोतलोन गरेर जिल्लाभरका ब्यापारी ब्यवसायीको हकहितमा लागिपर्ने प्रण गरेको अध्यक्ष सञ्जिव अमात्यले बताउनुभयो ।