स्वास्थ्यचौकी अस्पतालमा परिणत

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:५१

विदुर, नुवाकोट जिल्लाको चारवटा स्वास्थ्यचौकीलाई १०/१० शैøयाको अस्पतालमा परिणत गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २८ गतेको निर्णयानुसार तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्यचौकी, पञ्चकन्या गाउँपालिकाको भद्रुटार स्वास्थ्यचौकी, ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र र शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १०÷१० शैøयाको अस्पतालमा रुपान्तरण गर्ने तयारी भईरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाअनुसार १० शैøया अस्पताल निर्माणको लागि नेपाल सरकारले ८५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।