एलजी र सिजीको इलेक्ट्रोनिक उपकरणको बिक्री स्टोर

  • त्रिशूली प्रवाह
  • १६ कार्तिक २०७७, आईतवार १४:२७

कोलेनी, नुवाकोटको विदुर नगरपालिका वडा नं.-९ कोलनी नयाँवस्तीमा अन्तराष्ट्रिय ब्राण्ड एलजी र नेपालकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक ब्राण्डका रहेको सिजीका उपकरण बिक्रि वितरण गर्ने रिभा स्टोरको शनिबारदेखि सञ्चालनमा आएको छ ।

     उक्त बिक्री स्टोरको शुभारम्भ विदुर नगरपालिकाका मेयर सञ्जु पण्डिले शनिबार गर्नुभएको थियो । रिभा स्टोरका सञ्चालक रमेशकुमार श्रेष्ठका अनुसार आधुनिक जीवनशैलीको पर्याय बन्दै गएको छ इलेक्ट्रोनिक उपकरण अत्याधिक जाडो र गर्मीको समयमा दैनिक जीवन सहज बनाउन निर्माण गरिएका पछिल्ला प्रविधीको बजार नेपालमा पनि कम छैन । बजारमा अत्याधुनिक प्रविधी प्रयोगमा अभ्यस्त बन्दै गएको मात्र छैन, विश्वमा नाम चलेका र लोकप्रिय उपकरणको राम्रो ब्यापार ‘हब’ का रूपमा विकास भएको छ ।

     सञ्चालक श्रेष्ठका अनुसार एल. जी. र सि.जी.का अन्तराष्ट्रिय ब्राण्डका इलेक्ट्रोनिक उपकरण टिभी, फ्रीज, माइक्रो ओभम, वासिंग मेसिन, गिजर, पंखालगायतका सामाग्री पाईने छ । स्टोरबाट विदुर नगरपालिकाकालगायत म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका क्षेत्रका नागरिकहरु लाभान्वित हुने श्रेष्ठले जानकारी दिए । ‘नुवाकोट, रसुवा र धादिङका उपभोक्ताहरुले कम्पनीकै मूल्यमा सहज रुपमा जिल्लामै एल. जी. र सि.जी.का इलेक्ट्रोनिक उपकरण उपलब्ध भईरहेको छ ।’ स्टोरमा सिजी इलेक्ट्रोनिक्सका अडियो भिजुअल, होम एप्लाएन्सेज, स्मल होम एप्लाएन्सेज उपलब्ध रहेको छ ।

     बडा दशैं र तिहारको अवसरमा सिजी कम्पनिले ल्याएको बिशेष अफर तथा आकर्षक छुटका साथै होम डेलिभरीको समेत रिभा स्टोरबाट सुविधा लिन सकिने छ ।