शालिक अनावरण

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार ११:२०

तुप्चे, विगतको शसस्त्र युद्धको समयमा शाहदत्त प्राप्त गरेका साविक तुप्चे गाविसका ६ जना युवाको शालिक सहिद स्मृती प्रतिष्ठानले गत महिना तुप्चेमा निर्माण गरी अनावरण गरेको छ ।

     प्रतिष्ठानले साविक तुप्चे गाविस हाल विदुर नगरपालिका वडा नं.-७ को कोल डाँडामा शसस्त्र युद्धको क्रममा राज्य पक्षबाट मारिएका हरी नेपाल, रवि बोगटी, सुदिप खड्का, गगनसिंह तामाङ, सन्तोष नेपाल र शिव नेपालको सम्मान र सम्झनामा निर्माण गरेको शालिक गत महिना वाग्मती प्रदेश सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अनावरण गर्नुभएको थियो । शालिक निर्माणको लागि संविधानसभा सदस्य राममाया बोगटी, स्थानीय समाजसेवीहरू मैया बोगटी, केदारकुमारी नेपाल, रामप्रसाद नेपाल, निराजन बोगटीले दिसा निर्देशन र अहोरात्र खटिनुभएको थियो । तुप्चेको कोल डाँडामा शहिदहरूको त्याग, विरता र सोचलाई स्मरण गर्न शालिक निर्माण गरेको प्रतिष्ठानकी प्रभा बोगटीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताईन् ।