पिसिआर प्रयोगशाला सञ्चालन कार्यविधि लागू

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १५:३४
Logo of trishuli prawaha

विदुर, त्रिशूली अस्पताल नुवाकोटमा स्थापना भएको पिसिआर प्रयोगशाला सञ्चालन गर्न कार्यविधि निर्माण भएर कार्यान्वयनमा आएको छ ।

      कोभिड-१९ क्लिनिकको रूपमा प्रयोगशाला सञ्चालन सुरु भएको हो । त्रिशूली अस्पतालमा स्थापना भएको प्रयोगशालामा निःशुल्क पिसिआर परीक्षण हुनेछ । कोरोना सङ्क्रमणको लक्षण देखिएको, सङ्क्रमितको सम्पर्कमा रहेको र कोरोना सङ्क्रमण क्षेत्रमा रहेका व्यक्तिको मात्रै प्रयोगशालामा स्वाब परीक्षण गरिने कार्यविधिमा उल्लेख भएको छ ।

      यसका अलावा वैदेशिक रोजगारीमा जान, अन्य क्षेत्रमा जानका लागि आवश्यक पर्ने कोरोना परीक्षण रिपोर्टका लागि मात्रै स्वाब परीक्षण नगर्ने बताइएको छ ।