लघु उद्यमी संघको अध्यक्षमा गीता

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:३५

बट्टार, जिल्ला लघु उद्यमी संघ नुवाकोटको तेह्रौं वार्षिक साधारणसभा तथा अधिवेंशन गत बुधबार सम्पन्न भएको छ ।

     भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर सम्पन्न साधारणसभाले गीता ढकाल थापालाई पुनः अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । साधारणसभाले संघको उपाध्यक्षमा ठाकुर भण्डारी, सचिवमा रामचन्द्र न्यौपाने, सह–सचिवमा मुकुन्दप्रसाद रिमाल र कोषाध्यक्षमा सुर्य जिम्बालाई चयन गरेको छ । कार्यसमितिको सदस्यमा प्रकाश तामाङ, तुलसा नेपाल, दोर्जे लामा, रामभक्त राई, भैरवबहादुर सुनार र देवीमाया बराकोटी निर्वाचित भएका छन् । २०६२ सालमा नुवाकोट उद्योग वाणिज्य संघको पहलमा स्थापना भएको लघु उद्यमी संघका अहिले आठ हजार उद्यमी आवद्ध रहेको अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।