भाईटिकाको साइत बिहान ११ः३७ मा

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:३७

विदुर, नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाईटिकाको उत्तम साइत मंसिर १ गते बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । सो दिन मध्याह्नकालमा टिका लगाउन बाधा नपरे पनि साईत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभ साइत दिईएको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

      यो वर्ष यमपञ्चक २७ कार्तिकदेखि शुरू हुने समितिले जनाएको छ । २८ कार्तिकमा काग तिहार परेको छ । धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । २९ कार्तिकको बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा परेको छ । अपराह्न १ बजेर ४९ मिनेटसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथी लाग्ने भएकाले शास्त्र सम्मत् रूपमा पर्व सम्बन्धी निर्णय गरिएको गौतमले बताए । गाई, गोरू र आत्म (म्ह) पुजा भने ३० कार्तिकमा गर्नुपर्ने समितिले निस्कर्ष निकालेको छ ।