रासयनिक भित्र्यिो

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार १२:०५
Logo of trishuli prawaha

विदुर, देशभरी रासायनिक मलको हाकार भई रहेपनि नुवाकोट जिल्लामा मंगलबार ४ हजार ३ सय ४० बोरा मल भित्र्एिको छ । अब जिल्लाका किसानले रासायनिक मलको अभावबाट मुक्त पाउने भएका छन् ।

      नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अनुसार मलको अभावसँगै किसानले अहिले लगाएको तोरी, गहु, आलुलगायतमा रासायनिक मल नपाएको गुनासोपछि डिएपी र युरिया गरेर करिव ४ हजार ३ सय ४० बोरा मल जिल्ला आईपुगेको हो । मलको अभाव भएसँगै जिल्ला प्रशासन कार्यालयको पहल तथा समन्वयमा ३ हजार ५ सय बोरा यूरिया र ८ सय ४० बोरा डिएपी मल विरगञ्जबाट नुवाकोटमा मंगलबार आईपुगेको छ ।  नुवाकोटमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन डिपो कार्यालयका अनुसार अहिले १ हजार ५० बोरा डिएपी, ४ सय २२ बोरा यूरिया र २ सय ८४ बोरा पोटास मल र कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय त्रिशूलीसँग ८ सय ४० बोरा पोटास मल मौजाद रहेको छ । प्रयाप्त मौजाद रहेकोले अहिले किसानलाई खेतीको लागि मल सहज उपलब्ध भईरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ ।

        खेतीबालीको समयमा कृषकका लागि मल अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयमार्फत हरसम्भव प्रयास जारी राख्दै कृषि प्रधान देशमा खाद्य सुरक्षा पहिलो प्राथमिकतामा राखेकाले मलको अभाव भएसँगै विरगञ्जबाट प्रशासन कार्यालयको पहलमा सिधंै नुवाकोटमा मल आएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले खरिद गरेको डिएपी मल भारतीय सीमाको बन्दरगाहबाट अलपत्र परेसँगै अहिले मुलुकभर रासायनिक मलको अभाव चर्किएको छ ।