वन कार्यालयको समिक्षा

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार १२:११
Logo of trishuli prawaha

विदुर, वन कार्यालय नुवाकोटले गत आर्थिक वर्षको समिक्षा तथा भावी कार्य योजनाको विषयमा छलफल गरेको छ ।

      बन्दाबन्दीका कारण कार्यालयले लिएको लक्ष्य आधा मात्रै पूरा भएको छलफलमा बताईएको छ । यस्तै, अतिक्रमण भएका वन क्षेत्रको विषयमा पनि कार्यक्रममा गम्भिर रुपमा छलफल भएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अगाडीको अतिक्रमण क्षेत्र फिर्ता लिने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रतिबद्धता जनाउनु भएको छ ।

      कार्यक्रममा बन कार्यालयले नियन्त्रणमा लिएका काठ कुहिंदा पनि लिलामी प्रक्रियामा नजानु दुःखद भएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनु भयो । कार्यक्रमका सहभागीले वन कार्यालयले नियन्त्रणमा लिने काठ कानुनी रुपमा टुङ्गिने बित्तिकै लिलामी गर्न सुझाब दिएका थिए । बन कार्यालय नुवाकोटले यो विषयलाई भावी कार्ययोजनामा समावेंश गरेको छ । नियन्त्रणमा लिएको काठ कानुनी रुपले टुङ्गिने बित्तिकै लिलामी प्रक्रियामा लाने प्रतिबद्धता कार्यालयले गरेको छ ।