तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार ११:०३
Buddha Eyes

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए पनि नभए पनि दसैँ-तिहार बाइबाई भइसकेको छ । कोरोनाको सङ्क्रमण घट्नुको सट्टा बढोत्तरी हुँदै गर्दा सरसफाइका लागि पानी सदरमुकाम विदुरको धारामा दसैँपछि नदेख्दा बोतल र जारको खपत हुँदा विदुर नगरपालिकाका मेयर पण्डित सर आश्चार्य ! नगरपालिकाले खानेपानीलाई प्राथमिकता दिएर बजेट ओइराउँदा उपभोक्ता समिति बिल-भर्पाइ बनाउनै व्यस्त हुँदा सदरमुकाम काकाकुल ! विदुर क्षेत्रका मुख्य पदाधिकारी नभएर होला सदरमुकाममा पानीको हाहाकार हुँदा बट्टार क्षेत्रको भने आँगन र पिँढी पखालेको देख्दा प्रजिअ ढकाल सर चकित ! सदरमुकाममा हातधुने पानी नहुँदा नगरपालिकाले ठाउँठाउँमा राखेको स्ट्यान्डसहितका ट्याङ्कीभित्र माकुराको जालो । खानेपानीका प्राविधिक जुवा र तासको खालमा व्यस्त हुँदा मर्मत गर्ने र पानी खोल्ने काम अब नगरपालिकाले लिने हो कि ? काम र दाम अरूले गरिदिने भएपछि उपभोक्ता संस्थालाई हाइसन्चो हुने नै भयो ।