तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५८
Buddha Eyes

बेथिति र विसङ्गतिविरुद्ध कलम चलाउने जिम्मा पाएका पत्रकार नै बेथिति र विसङ्गतिमा रमाएपछि कसको पो के लाग्छ र ! जिल्लामा समाचारकै खेती गरेर हातमुख जोड्नेहरू औँलामा गन्न सक्ने अवस्था भए पनि पत्रकार महासङ्घमा भने भागबन्डामा झन्डै डेढ सय सदस्य ! प्रगति ठान्ने कि दुर्गति ! समाचार लेख्नेभन्दा पनि आउरे, भाउरे, थुपाउरे र दलका कार्यकर्ता पत्रकारमा दरिएपछि पत्रकारिताले छलाङ मार्नेमा दङ्ग छन् सभापति खनाल । व्यावसायिकता र पेसागत दक्ष पत्रकारभन्दा भागबन्डा र डन्डावालाको बाहुल्यले अन्य क्षेत्रमा जस्तै ग्रसित हुँदा काठमाडौंमै निर्भर ! सक्रिय सञ्चारगृह आधा दर्जन, पत्रकार बाह्र दर्जन, दुर्भाग्य कि सहभागी !