तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार ११:३७
Buddha Eyes

हल्लाको भरमा दगुर्नेका संख्या हाम्रा समाजमा कम छैन । कोरोना संक्रमणले बिमा ब्यवसाय थला पारे पनि बिमा भुक्तानी दिन कडा भएपछि कोरोना परीक्षण गराउने घटेपछि पिसिआर मेसिन थन्केएला कि भन्ने चिन्तामा मान्य खतिवडाज्यू र नगर प्रमुख पण्डित सर ! बिमाको कारणले जिल्ला कोरोनाको हटस्पट झण्डै भएको ! जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञदेखि मेडिकल डाक्टरको भिडले बिरामी तर्सेर निजी अस्पताल र मेडिकल भरीभराऊँ । पहिलो प्राथमिकतामा सरकारी डाक्टरले अस्पताललाई दिनुपर्नेमा अधिकांशले मेडिकल र निजी अस्पतालको बोर्डमा नाम लेखाउने होडबाजी चलेपछि त्रिशूली अस्पतालमा जाने बिरामीको चाप घट्दो । गएका बिरामीलाई पनि डाक्टर सा’पले जिम्मेवारीपूर्वक परामर्शको कमिले काठमाडौं रिफर प्रवृत्ती बढ्दा एम्बुलेन्स सेवा मालामाल ! मेडिकल सुपरिटेन्डेन्ट डा.पाण्डे र प्रजिअ ढकालले सुधार गर्छन् कि ? अस्पतालको सेवा यथावत रहिरहँला नागरिक चिन्तामा !