तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १५:०४
Buddha Eyes

देशलाई लोकतन्त्र अफाप भएको हो कि जनतालाई अधिकार धेरै भएको हो । बौद्धिक बुज्रुक तेस्रो आँखालाई जान्न बुझ्न कठिन भइरहेको छ । बहुमतको सरकार नटिक्ने हाम्रो देशमा अहिले नौटङ्की मञ्चन भइरहेको छ । हिजो एउटा मात्र सरकार हुने यो देशमा अहिले तीन तहको सरकार ! सरकारको विरुद्ध आगो ओकल्न प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसले सोमबार देशभर शक्ति प्रदर्शन ग¥यो । अन्यत्र त के भयो, के भएन जानकारी आउँदै होला । हाम्रो जिल्लामा सरकारको विरुद्ध स्थानीय सरकार प्रमुखको ¥यालीमा वर्चश्व ! ¥यालीमा सरकारी स्रोत र साधनको चरम दुरुपयोग प्रहरी प्रशासन मूकदर्शक । वडा प्रमुखले हुइँक्याउनेदेखि पालिका प्रमुखले सुविधा प्रयोग गर्ने दुईदेखि चारपाङ्ग्रेको ताँती । एउटा सरकारको विरुद्ध अर्को सरकारले न्वारानदेखिको बल त लगाउनै प¥र्यो नि होइन र समन्वय प्रमुखज्यू ? जिल्लामा खोलो दोहन गर्न रोक्ने सङ्घीय सरकारविरुद्ध नेकपाका बिल्लाधारीबाहेक सबै स्थानीय सरकारको जमघट । गजबसँग सरकारी स्रोत र साधनको उपयोग ।