तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १०:५४
Buddha Eyes

घर डढाएपछि खरानीको दुःख हुँदो रहेन छ भन्ने उक्तिलाई ओली कमरेडले प्रमाणित गरिदिएपछि धेरै जिल्लाका नेता कमरेडको पुर्पुरोमा बत्ती बलेको छ । कम्युनिस्ट पार्टीको नेपालको इतिहासमा फुट्दै, जुट्दै र एक नेताले अर्कालाई गद्दारको बिल्ला भिराउँदै यहाँसम्म आइपुग्दा जनताको जीवनस्तरमा सुधार नआएर पनि सर्वहारा वर्गको नेतृत्व गर्नेको राजधानीमा पुँजीवादीको वकालत गर्नेभन्दा राजधानीमा आलिसान महल र लग्जरियर्स सवारीसाधनभन्दा कम छैन । डबल नेकपामा नेता-कार्यकर्ता पदपूर्तिका लागि लोकसेवा खुलेको छ । हनुमान भक्तिको आधारमा छनोट गर्ने प्रतिस्पर्धा सुरु ! इतिहासमा बिपी, जिपी र केपीको नाम जंगबहादुरभन्दा अगाडि पार्ने होडबाजी । नुवाकोट र रसुवा जिल्ला नेतृत्व कब्जा गर्न नसकेपछि डबल नेकपाको सरकारी साधन, स्रोत चलाउने एउटा कित्ताले रसुवाबाट आधा दर्जन र नुवाकोटबाट आधा दर्जनको पनि आधा होनाहार र निर्वाचन भनेपछि मरिहत्ते गर्ने छनोटमा परेको देखेपछि तेस्रो आँखाका तर्फबाट उहाँहरूलाई सफल उज्ज्वल भविष्यको कामना गर्दै केन्द्रीय कमिटी मात्र होइन केन्द्रीय सचिवालयमा फड्को मार्ने बाटो खुलोस् । केन्द्रीय कमिटीको सङ्ख्या कार्यकर्ता र सङ्गठित सदस्यभन्दा कम बनाउन त भएन नि, कसो हो खुराफाती कमरेड ?