शिवप्रसाद वागमतीकै उत्कृष्ट प्रहरी

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १२:४४

विदुर, बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्य अन्तरगत मंसिर महिनामा नुवाकोटमा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याल सम्मानित हुनुभएको छ ।

      वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुसार प्रहरी चौकी ओखरपौंवा नुवाकोट दरबन्दी भएर अस्थायी प्रहरी पोष्ट सिमुटार नुवाकोटमा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याल उत्कृष्ट प्रहरी हुनुभएको हो । मंसिर महिनाभर सम्पादन गरेको कार्य-सम्पादनको आधारमा बागमती प्रदेशको उत्कृष्ट प्रहरीको घोषणा अनुसार उहाँलाई मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कदर पत्रले नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले सम्मान गर्नुभएको हो । सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाको लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ वटा प्रहरी कार्यालयमा कार्यरतबीच प्रतिस्पर्धा गराईएको थियो । प्रहरी कर्मचारीको कार्य विवरण मध्ये नुवाकोटमा कार्यरत प्रहरी हबल्दार अर्यालको कार्य विवरण उत्कृष्ट पाईएकाले उहाँको अभिलेखमा समावेंश हुने गरेर नगद पुरस्कारसहित सम्मान गरिएको हो ।