सत्र नयाँ संक्रमित थपिए

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १३:०५

विदुर, नुवाकोटमा मंगलबार १७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला अस्पताल त्रिशूलीको प्रयोगशालामा जाँच गरिएको नमुनामध्ये १७ जना कोरोनाको संक्रमित पुष्टि भएको थियो ।

      त्रिशूली अस्पतालको प्रयोगशालामा गरिएको जाँचमा त्रिशूली अस्पतलामा जाँच गराउन आएका बिरामीबाट संकलन गरिएको २८ जनाको स्वाब मध्ये ९ जना, जबरजंग गण देवीघाट संकलन गरिएको १४ जनाको स्वाब मध्ये ७ जनामा, सुर्यगढी गाउँपालिकाबाट संकलन गरिएको १२ जना मध्ये १ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो सँगै नुवाकोटमा मंगलबार १७ जना कोरोनाको नयाँ संक्रमित थप भएका छन् ।
त्यसैगरी, रसुवाको पारच्याङ स्वास्थ्य चौकी रसुवाबाट संकलन गरिएको २ जनाको नमूना मध्ये १ जनामा कोरोना देखिएको छ ।