भारत सरकारको सहयोग परियोजनाको पुर्ननिर्माण तिव्र

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १३:०९
Logo of trishuli prawaha
  • रामहरि न्यौपाने

विदुर, एस.टी.एफ.सी परियोजनाले नुवाकोट जिल्लामा नेपाल आवास पुनर्निर्माणका प्रयासलाई सक्रिय रूपमा सहयोग गर्दै आईरहेको छ । भारत सरकारको सहयोगमा, बिल्ड चेन्ज (Build Change) सँगको साझेदारीमा यु.एन.ओ.पि.एस.(UNOPS) द्वारा यो परियोजना कार्यान्वयन हुँदै आईरहेको छ ।

     जिल्लामा सम्पदा संरक्षणको महत्वलाई ध्यानमा राख्दै एस.टी.एफ.सी. परियोजनाले विदुर नगरपालिकाको साततल्ले स्थित सम्पदा बस्तीका १४ भूमिहीन लाभग्राहीले अनुदानमार्फत खरीद गरेको जग्गालाई सुढृद र सुरक्षित गर्नका लागि सिप हस्तान्तरण गर्दै कार्यस्थल तालिममार्फत टेवा पर्खाल (Retaining Walls) निर्माण गरी सहयोग प्रदान गर्ने भएको छ । टेवा पर्खाल निर्माण गरिने जग्गा साततल्लेको पहाडी क्षेत्रमा र पहिरोको जोखिम रहेको क्षेत्रमा अवस्थित छ । नेपालको मध्ये पहाडी गाउँ मध्येको सर्वाधिक सुन्दर गाउँ साततल्ले महत्वपूर्ण ऐतिहासिक महत्व समेत रहेको छ । त्यसैले, यहाँ नयाँ बन्ने सबै संरचनाको निर्माणहरू सुरक्षित भूमिमा बनाईनु अत्यावश्यक छ । सम्पूर्ण समुदायका लागि स्थानीय सम्पदाको संरक्षणको महत्व दर्साउनुका साथै सम्पदा डिजाईनमार्फत सुरक्षित पुनःनिर्माणको महत्वका बारेमा आत्मसात गराउनु महत्वपूर्ण रहेको कुरा आत्मसात गर्दै एस.टि.एफ.सी. परियोजनाले १४ पहिचान गरिएका भूमिहीन लाभग्राहीको पहिचान गरी उहाँहरूलाई पुनर्निर्माणमा विशेष सहयोग प्रदान गर्ने भएको छ । यसरी प्रदान गरिने विशेष सहयोगबाट तह-तह परेको जग्गालाई तीन वटा टेवा गारोको निर्माण गरी सो जग्गा सुरक्षित र सुदृढीकरण गर्ने र घरधनीलाई भूकम्पबाट सुरक्षित जग्गामा भूकम्प प्रतिरोधी घर निर्माण गर्न सक्षम हुनेछन् । एस.टिएफ.सी.द्वारा प्रदान गरिएको सहयोगमा सर्वे, सम्पदा अनुरूपको वास्तुकलासहितको नक्सा प्रदान गर्ने र कार्यस्थल तालिममार्फत् काठको कलात्मक झ्यालढोका बनाउने सिप सम्बन्धि प्रशिक्षण दिएको छ । समग्रमा, यी सेवाहरूले सुरक्षित पुनर्निर्माणलाई प्रवर्धन गर्नुका साथै बलियो निर्माण र महत्वपूर्ण पौराणीक सांस्कृतिक सम्पदाको संरक्षण समेत सुनिश्चित गर्नेछ । २ डिसेम्बर, २०२० मा, भारतीय राजदूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारका प्रतिनिधीको सहभगीतामा एस.टि.एफ.सी.द्वारा आयोजित टेवा गारो निर्माण कार्यको शिलान्यास भईसकेको छ ।

     भिजुअलाइजेशन गाउँको उद्देश्य नुवाकोटमा सुरक्षित पुर्ननिर्माणमा योगदान गर्ने मात्र नभई महिलाहरुलाई पुनर्निर्माणमा प्रोत्साहन गर्नु पनि भएकोले सम्पूर्ण निर्माणमा गाउँ नै शत प्रतिशत महिला कामदारद्वारा पुर्ननिर्माण भईरहेको छ । यो कार्यक्रमले पाँच भूमिहीन परिवारलाई सहयोग गरिरहेको छ । प्रत्येक घरहरू स्थानीय महिला प्रशिक्षार्थीले बलियो र सुरक्षित निर्माणका प्रविधी सिक्दै र लागू गर्दै निर्माण थालेका हुन् । कोरोना महामारीका कारणले भएको बन्दाबन्दीपछि स्वास्थ्य र स्वच्छताका अनुकरणीय उपायहरू अवलम्बन गर्दै गराउँदै स्वास्थ्य तथा सुरक्षा निर्देशिका कार्यान्वयनको प्रदर्शन गर्दै निर्माणस्थलमा गत जुलाई, २०२० बाट स्थानीय प्रशासनको अनुमति लिई पुनः सुचारु भईरहेको छ । निर्माण कार्यले स्थानीय महिला डकर्मीलाई आफ्नो घर बनाउदा नयाँ सीपहरू सिक्ने अवसर सँगसँगै आय आर्जन गर्ने अवसर पनि कार्यक्रमले प्रदान गरेको छ । नुवाकोटमा समुदायका महिलाका लागि बजारीकरणयोग्य सीप र दक्षताको अभिवृद्धि गराउनु नै एसटीएफसी परियोजनाको एक महत्वपूर्ण विरासत (legacy) हो । समुदायका महिलाले स्वयम् आर्जन गरेका आय र सीपले दिक्षित र सशक्त छन् ।