कानदेवी सहकारीको जिम्मा रामकुमारलाई

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १२:४८

बट्टार, नुवाकोटको बट्टारमा रहेको कानदेवी कृषि सहकारी संस्था लि. विनपा-४ बट्टारको शनिबार सम्पन्न नवौँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सहकारीको अधिवेशनले अध्यक्षमा रामकुमार डङ्गोल, उपाध्यक्षमा वासुदेव गजुरेल, सचिवमा विष्णुप्रसाद भट्ट, कोषाध्यक्षमा अच्युतराज महन्त गिरी र सदस्यमा मीना ढकाल, राजुप्रसाद अधिकारी, सुशीला डङ्गोल चयन गरेको छ । सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा नवराज महन्त गिरी चयन भएका छन् ।

      सहकारीको पुस ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको साधारणसभामा अध्यक्ष दयाराम अधिकारीले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव वासुदेव गजुरेलले प्रस्तुत गरेको विनियम संशोधन प्रस्ताव पारित भएको छ । साधारणसभामा आ.व.०७७/७८ को अनुमानित बजेट बृहत् छलफल गरी पारित भएको छ ।
सहकारीमा पाँच सय ८८ पुरुष र तीन सय ३४ महिलासहित नौ सय २२ जना सेयर सदस्य रहेका छन् । सहकारीको सेयरपुँजी ९६ लाख ८३ हजार दुई सय रहेको छ । सहकारीले गत आ.व. ०७६/७७ मा तीन करोड १२ हजार सात सय ८२ रुपैयाँ बचत सङ्कलन गरी तीन करोड ८२ लाख ६८ हजार ६ सय ६७ रुपैयाँ कर्जा लगानी गरेर पाँच लाख ४४ हजार आठ सय ८७ रुपैयाँ नाफा आर्जन गरेको थियो । ०६८ सालमा स्थापना भएको सहकारीले चालू आ.व. ०७७/७८ मा डेढ करोड सेयरपुँजी पु¥याउने, पाँच करोड निक्षेप सङ्कलन गर्ने र पाँच करोड ५० लाख कर्जा लगानी गर्ने कार्यक्रमलाई साधारणसभाले पारित गरेको छ ।