जेसिजको अध्यक्षमा अञ्जली

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:२५

विदुर, नुवाकोट जेसिजको अध्यक्षमा अञ्जली पाण्डे चयन भएकी छिन् ।

      शनिबार जेसिसको सातौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले अञ्जली पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ । कार्यसमितिको कार्यकारी उपाध्यक्षमा पूजा भण्डारी, अनुजमान श्रेष्ठ, महासचिवमा सुरज सिलवाल, कोषाध्यक्षमा नमराज सुवेदी चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा सरोज लामा, विनोद लामिछाने, अरुणराज पाठक र सुमन भण्डारी चयन भएका छन् । कार्यसमितिले दुर्गाराज पाठकलाई कानुनी सल्लाहकारमा मनोनीत गरेको छ । १८ वर्षदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय संस्थाको रूपमा रहेको जेसिज अभियानमा नुवाकोटका सबै युवालाई समेटेर अगाडि बढ्ने निर्वाचित अध्यक्ष पाण्डेले बताइन् । नयाँ कार्यसमितिको पदभार ग्रहण यसै महिनाभित्र हुने नुवाकोट जेसिजको सचिवालयले जानकारी दिएको छ ।