परिश्रमी सहकारीको अध्यक्षमा पुनः मुकुन्द

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १४:१०
Logo of trishuli prawaha

गणेशस्थान, सुर्यगढी गाँउपालिकाको वडा नम्बर-५ फेदीवेंशीमा रहेको परिश्रमी बचत तथा ऋण सहकारी संस्थाको आठौं अधिवेंशन तथा साधारणसभाले पुनः मुकुन्द आचार्यकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

      अधिवेंशनले सर्वसम्वत् अध्यक्षसहित सञ्चालक समिति चयन गरेको थियो । सहकारीको उपाध्यक्षमा मछिन्द्र पौडेल, सचिवमा प्रकाश भट्टराई, सह-सचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा जुनिल श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी, सदस्यमा हरिहर गिरी, सुरेन्द्र राई, कृष्णराज गिरी र विष्णु गिरी चयन हुनुभएको छ । २ करोड ४० लाख रुपैयाँ कुल पुँजी रहेको सहकारीले २ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरी ८ लाख रुपैयाँ नाफा कमाउन सफल रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।