भुतपूर्व सैनिक सहकारीको अध्यक्षमा गगनसिंह

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:५३

बट्टार, ‘आपसी सहयोग, सद्भाव र सामुहिक हितको लागि सहकारी’ भन्ने नाराका साथ २०७१ भाद्रदेखि नुवाकोट बट्टारमा सञ्चालन भएको नेपाल भुतपूर्व सैनिक सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा शनिबार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

      नेपाली सेनाबाट निवृत्त भरणमा अवकाश प्राप्त पेन्सन पट्टा भएका मात्र शेयर सदस्य रहेको सहकारीले सदस्यहरूको वृहत हितलाई ध्यानमा राखी कृषिको लागि मल, बिउ-बिजन, नगदेबाली, माछापालन, कुखुरापालन, बंगुरपालन तथा खाद्य वस्तु जस्ता आयमूलक अर्थपार्जनमा लगानी गरिरहेको छ । शनिबार सहकारी संस्थाका अध्यक्ष बलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समिति पुर्नगठन गरेको छ । पुर्नगठित समितिको अध्यक्षमा गगनसिंह गुरूङ, उपाध्यक्षमा भिमसेन बोगटी, सचिवमा ईश्वर डंगोल, कोषाध्यक्षमा रामकृष्ण रिमाल र सदस्यमा राजकुमार आचार्य, ईन्द्रराज लामा, दिलिप राई, किरण डंगोल, सुपानी तामाङ चयन भएका छन् । साधारणसभाले लेखा समितिको संयोजकमा कृष्णबहादुर तिमल्सिना चयन गरेको छ ।

      सहकारीमा १ सय १५ महिला र ४ सय ६८ पुरूष गरी ५ सय ८३ शेयर सदस्य रहेको जानकारी कोषाध्यक्ष उद्धवराज थापाले साधारणसभामा गराउनुभएको थियो । सहकारीमा कूल शेयरपुँजी १ करोड ८५ लाख ५१ हजार २ सय र बचत ८८ लाख ६९ हजार ३ सय ४४ आ.व.२०७६÷०७७ को आषाढ मसान्तसम्म रहेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीले गत आ.व.२०७६÷०७७ मा २ करोड ६४ लाख ६९ हजार ३ सय १२ ऋण लगानी गरेको थियो । सहकारीको दैनिक कारोबार ब्यवस्थित गर्न नीतिगत रूपमा विभिन्न समयमा लेखा समितिले गरेको निर्देशन र सुझावलाई गम्भीरताको साथ लिएकोले ऋण लगानी, असुली सन्तोषजनक रहेको लेखा समितिका संयोजक कूलबहादुर बोगटीले बताउनु भयो ।