ॐ श्री गोसाइँकुण्ड सहकारीको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:५४

बट्टार, नुवाकोट जिल्लाको पुँजी बजार ब्यवस्थित गर्न विभिन्न लगानीको अवसर खोजी शेयर सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक हित अभिबृद्धि गर्ने उद्देश्य राखी २०५८ मंसिरमा बट्टारमा स्थापना भएको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारीले १९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

      भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै सहकारीले पुस १५ गतेदेखि सिमित शेयर सदस्य उपस्थित गराएर सम्पन्न साधारणसभाले प्रथम चरणमा चौतारी बचत तथा ऋण सहकारी संस्था लि. विदुरसँग विभिन्न चरणमा बैठक बसी अगाडी बढाएको एकिकरणको कार्यलाई अगाडी बढाउन छलफल गरी प्रस्ताव पारित गरेको छ । गोसाइँकुण्डले सहकारी ऐन, मापदण्ड, मूल्य र मान्यता नीति र निर्देशिकालाई आत्मसाथ गर्दै समान कार्यक्रम र उद्देश्य लिएका संस्थाकाबीच प्रभावकारी एकिकरणको नेतृत्वदायी भूमिकालाई विशेष महत्व दिई जिल्लामा आफ्नो छुट्टै पहिचानसहित ब्यवसायिक रूपमा सफल अन्य सहकारीसँग एकिकरणको लागि छलफल अगाडी बढाईरहेको छ ।

      सहकारीका अध्यक्ष ईन्द्रबहादुर पण्डितको सभापतित्वमा समापन कार्यक्रममा सहकारीले सञ्चालित प्रमुख कार्यक्रम र चालु आ.व.मा सञ्चालन गरिने कार्यक्रमको जानकारी गराईएको थियो । सहकारीमा आ.व.२०७६/०७७ सम्म २ हजार २ सय ६ जना शेयर सदस्यको २ करोड २० लाख ६ हजार रूपैयाँ शेयरपुँजी रहेको छ । सहकारीले गत आ.व.२०७६/०७७ मा १० करोड ३६ लाख ५४ हजार १ सय २२ रूपैयाँ बचत संकलन गरी १२ करोड ६२ लाख ८२ हजार ७१ रूपैयाँ ऋण लगानी गरेको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई १ थान एलईडी टिभी प्रदान गरेको थियो । सहकारीले आगामी आ.व.मा १२ समूह थप गरेर १५ सय १५ जना महिला सदस्य पु¥याउने लक्ष्य लिएको छ ।