सक्षम सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:५५

बट्टार, सक्षम बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका वडा नं.–४ बट्टारको पुस १६ गतेदेखि शुरू भएको १३औं वार्षिक साधारणसभा पुस १८ गते शनिबार सम्पन्न भएको छ ।

     सहकारीका संस्थापक अध्यक्ष कृष्णसिंह प्रधानले उद्घाटन गर्नुभएको वार्षिक साधारणसभामा अध्यक्ष ताराबहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै युनाईटेड आधारभुत विद्यालयका १५ जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामाग्री २० हजार रूपैयाँ बराबरको वितरण गरेको र काठमाडौंको स्वयम्भुमा रहेको चाहना बालगृहलाई वार्षिक २ हजार प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । सहकारीका कोषाध्यक्ष मदनबहादुर गुरूवाचार्यले साधारणसभामा प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनअनुसार आ.व.२०७६÷०७७ मा ८ सय ५१ शेयर सदस्य रहेका छन् । उक्त प्रतिवेदनअनुसार सहकारीको शेयरपुँजी आ.व.२०७५/०७६ मा २ करोड ६ लाख ४३ हजार ५० रूपैयाँ रहेको छ । २५ जना शेयर सदस्यले २०७५ सालमा स्थापना गरेको सहकारीमा अहिले ४ सय ३६ पुरूष र ४ सय १५ महिला गरी ८ सय ५१ जना शेयर सदस्य रहेका छन् ।

      लेखा समितिको संयोजक रामदाश रञ्जितले साधारणसभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार गत आ.व.२०७६/०७७ मा ब्याजबाट ७७ लाख १२ हजार ३ सय ६९ ब्याज आम्दानी, ४६ हजार ४ सय ७ रूपैयाँ अन्य सञ्चालन आम्दानी, ३ लाख ५८ हजार २ सय ४० लगानीबाट ब्याज आम्दानी गरी ८१ लाख १७ हजार १६ रूपैयाँ कूल आम्दानी गर्न सफल भएको छ । त्यसैगरी, सहकारीले सोही आ.व.मा ब्याज खर्च ३६ लाख ६२ हजार ९ सय २६, कर्मचारी तलव खर्च १३ लाख २६ हजार ८ सय ६९, अन्य सञ्चालन खर्च २८ लाख ७३ हजार १ सय १८ रूपैयाँसहित ७८ लाख ६२ हजार ९ सय १३ खर्च भएको थियो । सहकारीले २ लाख ४४ हजार १ सय ३ रूपैयाँ नाफा, २० हजार आयकर तिरेको छ भने खुद नाफा ८० हजार गर्न सफल भएको छ । साधारणसभामा सहकारीले ज्येष्ठ शेयर सदस्य लक्ष्मी श्रेष्ठ असल कारोबार गर्ने सचिना गुरूङ र उत्कृष्ट खुत्रेके बाल बचतका १ सय ६३ भाईबहिनीलाई सम्मान गरेको ब्यवस्थापक तकबहादुर गोदारले जानकारी दिनुभयो ।