आदर्श सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १५:०२

कोलनी, आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर-९ कोलनीको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

      २०६४ सालदेखि सञ्चालनमा आएको सहकारीमा ६ सय ६५ शेयर सदस्य रहेका छन् । सहकारीले गत आ.व.मा ६ करोड १६ लाख ५६ हजार ५ सय ८७ रूपैयाँ बचत संकलन गरी ३ करोड १३ लाख ७२ हजार ऋण लगानी गरेर २ लाख ३६ हजार ८ सय ९१ रूपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्ष कृष्णप्रसाद रिमालले जानकारी दिनुभयो । सहकारीले पुस १७ देखि १८ गतेसम्म सरकारबाट घोषित स्वास्थ्य मापदण्डको पालना गरेर वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । सहकारीको कूल शेयर पुँजी १ करोड ३२ लाख ३९ हजार ५ सय रहेको कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । लेखा समिति संयोजक रामशरण अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस सहकारीले बहुउद्देश्यीय कार्य अन्र्तगत २०७७ बैंशाखबाट कालिन पालन फर्म सञ्चालनमा ल्याएको यस संस्थाका ब्यवस्थापक राजेशमान श्रेष्ठले जानकारी दिनुभयो ।