श्यामलेश्वर सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १५:४०
Logo of trishuli prawaha

विदुर, श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका वडा नं.-१ ढुंगेको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भिडभाड नगरी सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै पुस १६ गतेदेखि शुरू भएको साधारणसभा शनिबार सम्पन्न भएको हो ।

       २५ वर्ष अगाडी स्थापना भएको सहकारीले आ.व.२०७६/०७७ मा ६ करोड ८९ लाख २६ हजार ७ सय ५३ निक्षेप संकलन गरी ५ करोड ८२ लाख ३३ हजार ६ सय ५४ रूपैयाँ निक्षेप फिर्ता गरेको थियो । सोही आ.व.मा सहकारीले ३ करोड ४२ लाख ४१ हजार ७० कर्जा असुली गरी एकमुष्ट २२ लाख १६ हजार ७ सय २९ नाफा आर्जन गर्न सफल भएको छ ।  २०७६ असोज १ गतेदेखि सहकारी संस्थाले सन्दर्भ ब्याज लागू गर्नुपर्ने र बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो कारोबारको ७० प्रतिशत रकम उत्पादन लगाउनुपर्ने भन्ने सरकारी नीति नियमले सहकारी संस्था सञ्चालनमा दुविधा उत्पन्न भएको अध्यक्ष विष्णुप्रसाद लम्सालले गुनासो गर्नुभयो । रोप्न, उमार्नु, हुर्काउनु र फलाउनुलाई उत्पादन भन्ने तर जनताले उत्पादन गरेको वस्तु सरकारले खरीद नगरी प्रवृत्तिले उत्पादनमा संलग्न निरूत्साहित भईरहेको उहाँले बताउनु भयो ।

       सहकारी संस्था सञ्चालनमा शेयर सदस्यको भूमिका प्रमुख हुने भएपनि विगत २४ वर्षदेखि सबै शेयर सदस्यको शेयर समान पु¥याउन कोशिस गर्दा नसके कोषाध्यक्ष रामकृष्ण राजभण्डारीले बताउनु भयो । साधारणसभाले ५० हजार शेयर नपुगेका शेयर सदस्यको शेयर रकम फिर्ता लिन चाहेमा फिर्ता लिने ब्यवस्था गरिदिएको छ । सहकारमिा कूल शेयरपुँजी आ.व.२०७६/०७७ सम्म १ करोड ५८ लाख ६८ हजार ९ सय रहेको प्रमुख ब्यवस्थापक मधुप्रसाद लम्सालले जानकारी दिनुभएको छ ।