त्रिकास सहकारीको अध्यक्षमा अनिल

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १५:१४

काठमाडौं, त्रिकास बचत तथा ऋण सहकारी संस्था लि. सोह्रखुट्टे काठमाडौंको शनिबार सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले अध्यक्षमा अनिल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

        पुस २५ गते सम्पन्न साधारणसभाले सहकारीको उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र सचिवमा देशभक्त प्रधान चयन भएका छन् । मानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको १३औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको कार्यालय नयाँबजार काठमाडौंमा बसेको सभाले सहकारीको कोषाध्यक्षमा राजेन्द्रकुमार प्रधान चयन भएका छन् । त्यस्तै, सदस्यमा बिहारीलाल श्रेष्ठ, अर्जुनदास अमात्य, कृष्णमाया श्रेष्ठलाई चयन गरेको छ । सभाले लेखा समितिको संयोजकमा राजुबहादुर श्रेष्ठ र सदस्यमा सुरेन्द्रलाल डङ्गोल र नारायणमान श्रेष्ठलाई चयन गरेको छ । सहकारीको सेयर पुँजी एक करोड ६० लाख ३७ हजार २ सय रहेको छ । सहकारीले चार करोड ८२ लाख ५२ हजार नौ सय ६६ लगानी गरी एक लाख ११ हजार ६ सय २० रुपैयाँ नाफा कमाएको छ ।