दर्पण सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १६:११

विदुर, विदुर नगरपालिका-४ विदुरमा सञ्चालन भइरहेको दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

      ६४ लाख रुपैयाँ सेयरपुँजी रहेको सहकारीले झन्डै दुई करोड रुपैयाँ ऋण लगानी गर्दै ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न आ.व. ०७६/७७ मा सफल भएको छ । सहकारीले व्यावसायिक क्षेत्रमा लगानी गर्दै आएको छ । स्थानीय व्यवसायी युवाहरूको सक्रियतामा स्थापना भएको सहकारीले व्यावसायिक कर्जामा जोड दिँदै आएको छ । सीमित सेयर सदस्य रहेको सहकारीले बजार क्षेत्रमा रहेका युवा उद्यमीको पहिचान गरी ऋण लगानी गर्दै आइरहेको छ ।
सहकारीको ११औँ साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सहकारीको अध्यक्षमा राजकुमार तिमल्सिना, उपाध्यक्षमा विष्णु प्याकुरेल, सचिवमा रामशरण अधिकारी, कोषाध्यक्षमा रामेश्वर अधिकारी रहेका छन् । त्यस्तै, सदस्यमा कपिलदेव खनाल, धु्रव पुडासैनी, प्रह्लाद केसी, जीवन तिमल्सिना र पर्शुराम अधिकारी रहेका छन् । साधारणसभाले लेखा समितिको संयोजकमा सुनिल विष्ट, सदस्यमा सन्तोषकुमार तामाङ र उद्धव अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।