सहकारी संघको अध्यक्षमा न्यौपाने

विदुर, जिल्ला सहकारी संघ नुवाकोटको गत बुधबार सम्पन्न २८औं वार्षिक साधारणसभाले गोकर्णनाथ न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेर सम्पन्न भएको छ ।

      साधारणसभाले २१ सदस्यीय सञ्चालक समितिको निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा शिवप्रसाद अधिकारी, प्रकाशकुमार अधिकारी, ओमप्रकाश श्रेष्ठ र अरूणकुमार श्रेष्ठ तथा सदस्यमा ईन्दिरा मुडवरी, पवित्रा घिमिरे, धनकुमारी रिजाल र सिता भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । सञ्चालक समितिका अन्य सदस्यमा नबिन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरू, गोकर्ण रोक्का, प्रदिप अधिकारी, सबिन राजभण्डारी, बाबुराम अधिकारी, होमबहादुर तामाङ, कृष्णप्रसाद धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ र रामेश्वर खड्का निर्वाचित भएका छन् । साधारणसभाले नारायण श्रेष्ठको संयोजकत्वमा सरिता मोक्तान र नवराज पाण्डे सदस्य रहेको लेखा समिति समेत निर्बिरोध निर्वाचित गरेको छ ।