त्रिशूली दोभानको पुल निर्माण अन्तिम चरणमा

  • सरस्वती न्यौपाने

धुन्चे, भौगोलिक रुपले विकट रहेको रसुवा जिल्लाको हाकुका बासिन्दाको सहजताका लागि त्रिशूली नदीको दोभानमा निर्माण हुन लागेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण भएपछि हाकु, नेसिङ र लुमराङबासीका लागि नियमित ओहोर–दोहोर गर्न सहज हुने वडाध्यक्ष निमादिण्डु तामाङले बताउनु भयो ।

     गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ र आमाछोदिङमो गाउँपालिका वडा नं.–१ मा बेलिब्रिज अपर त्रिशुली बान, २ सय १६ मेगावट जलविद्युत् आयोजनाले गाउँपालिकासँग समन्वय गरी निर्माण सम्पन्न गरेको हो । उक्त बेलिब्रिजको लम्बाई ४० मिटरको रहेको छ । अपर त्रिशूली वानका महानिर्देशक गिरीराज अधिकारीका अनुसार बेलिब्रिजको सामान किन्नेलगायत जोडने एवं तिनसय मिटर पहँुचमार्ग र संरचना निर्माणका लागि ६ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । अगामी बंैशाख महिनाभित्र हाकुमा मोटर गुडाउने लक्ष्यसहित हाकुवेंशीदेखि ठुृलोहाकुसम्म खोलिएका सडक मर्मत गरी अप्ठ्यारो ठाउँमा पर्खाल लगाउने काम थालिसकेको छ । गत वर्ष खोलेको ग्रामिण सडक सफा गर्ने काम अगाडी बढिरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण भएकोले ग्रामिण भेगका स्थानीयको सहजताका लागि सडक बिस्तार गरिएको अध्यक्ष बुचुङ तामाङले बताउनु भयो ।