काँग्रेसको शुभेच्छुक संस्थाले प्रतिनिधीसभा पुर्नस्थापनाको माग गरे

  • त्रिशूली प्रवाह
  • २९ माघ २०७७, बिहीबार १०:४८

विदुर, नेपाली काँग्रेसका शुभेच्छुक संस्थाले शनिबार नुवाकोटको सदरमुकाम विदुरमा प्रतिनिधीसभा विघटनको विरोधमा विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटको अगुवाईमा विदुर चोकबाट शुरु भएको विरोध प्रदर्शनका सहभागीले प्रतिनिधीसभा पुर्नस्थापना गर, सर्वसत्तावाद मुर्दावादलगायत विभिन्न पेशागत माग समेटिएका नारा लगाएका थिए ।

     विरोध प्रदर्शन लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताले प्रतिनिधीसभा विघटन अलोकतान्त्रिक र असंसदीय भएकाले लोकतन्त्रको रक्षाका लागि समेत प्रतिनिधीसभा पुर्नस्थापनाको विकल्प नरहेको धारणा ब्यक्त गरेका थिए । त्यस क्रममा नुवाकोट काँग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले प्रतिनिधीसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको सर्वसत्तावादी र अधिनायकवादी सोचको उपज रहेको उल्लेख गर्दे नागरिक आन्दोलनको बलमा संविधानलाई सही बाटोमा हिंडाउनुको विकल्प नरहेको बताए । त्यस क्रममा नुवाकोट काँग्रेसका नेता ध्रुव अधिकारीले प्रतिनिधीसभा विघटनले संविधानको मर्ममा प्रहार गरेको बताउँदै यसले नेपालका कम्युनिष्ट जनताको दुहाई दिएर अधिनायकवादको यात्रामा छन् भन्ने समेत प्रमाणित गरेको बताए । कोणसभामा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, शिक्षक संघकी उपाध्यक्ष रुपा पाण्डे र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदीले लोकतन्त्रको रक्षाका लागि हुने हरेक आन्दोलनमा पेशाकर्मीको सक्रिय साथ रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

     विरोध प्रदर्शनमा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटसँग आवद्ध १३ वटा संस्था, डेमोक्र्याटिक ईन्जिनियर्स एशोसियसन, डेमोक्र््याटिक लयर्स एसोसियसन, स्थानीयतह कर्मचारी युनियन, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, नेपाल कुमाल संघ, प्रजातान्त्रिक महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघलगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रेसका भातृ संस्था तथा शुभेच्छुक संगठन केन्द्रदेखि जिल्लासम्म लथालिङ्ग अवस्थामा रहेको छ । संविधानसभा विघटनको आन्दोलनमा ती संस्था जोड्दै विरोधमा उत्रेका छन् । काँग्रेसको १३औं महाधिवेशन भएको फागुनमा ५ वर्ष पुग्ने भएपनि १४औं महाधिवेशन कहिले हुन्छ निश्चित छैन ।