काङ्ग्रेस सभापति देउवा भोलि विदुरमा

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १४:२८
Logo of trishuli prawaha

विदुर, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोलि फागुन ७ गते नुवाकोटको विदुरमा आउने भएका छन् ।

      प्रजातन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्न देउवा नुवाकोट आउन लागेको नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । नुवाकोट जिल्ला सभापति केसीका अनुसार पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता डा. रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा, युवा नेता गगन थापालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

      पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका सबै तहका कार्यकर्तालाई सहभागी हुन नेपाली काङ्ग्रेस नुवाकोटले सबैमा आग्रह गरेको छ । पार्टी कार्यालयको उद्घाटनसँगै केन्द्रीय नेतृत्वको सहभागितामा नुवाकोटमा संसद् विघटनविरुद्धको विरोध कार्यक्रम गर्न लागिएको छ ।