तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १०:५१
Buddha Eyes

शक्ति र सत्ताको प्रयोग र दुरुपयोगमा माहिर नुवाकोट काङ्ग्रेसीलाई एउटा जाबो भवन शिलान्यास गर्न दुई दशक कुर्नुपर्ने ! यो कस्तो गाईजात्रा हो तेस्रो अाँखालाई उधुमको खुल्दुली लागेको छ । बल्ल-बल्ल गुट-उपगुटको कुरा गर्दै सभापति केसीले शुक्रबार केन्द्रीय सभापतिलाई जिल्ला ल्याउन सफल भए पनि देउवाको पाँच भाइमध्येका एक भाइ महत बटारिँदा कार्यक्रम झन्डै बिथोलिएको । नेकपा विभाजनले मिल्न-मिल्न खोजेको हो कि जस्तो भएको बेलामा काङ्ग्रेसले भवन शिलान्यास गर्न सफल भएपछि सभापति केसीले म जिल्ला सभापति छउञ्जेल भवन उद्घाटन र ठेकेदारलाई भुक्तानी नदिने भनेको मिल्यो भन्दै केही काङ्ग्रेस बुरुक-बुरुक उफ्रेको सदरमुकामवासीले शुक्रबार राम्रोसँग अनुभव गरे । विधानले दिएको भए केसी परिवारले पद छोड्नु भनेको ओलीलाई प्रधानमन्त्री पद छोडाउनुभन्दा बढी सडक आन्दोलन गर्नुपर्ने बात ओकल्दै केसीइतर काङ्ग्रेसीजन ।