नुवाकोटमा अम्बे स्टिल्सको बिक्रेता भेला

बट्टार, देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टिल्सले नुवाकोटमा शुक्रबार डिलर सम्मेलन गरेको छ । बट्टारमा शुक्रबार कम्पनीले डिलरसँग डिलर सम्मेलन सम्पन्न गरेको हो । उक्त कार्यक्रममा अम्बे स्टिल्सका ब्रान्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिष्ठ उच्चपदस्थ व्यक्तित्वको समेत सहभागिता रहेको थियो ।

      सम्मेलनको मुख्य उद्देश्य वर्षौँदेखि अम्बे स्टिल्सले ग्राहकलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो । अम्बे स्टिल्सले आफ्नो भैरहवा र नेपालगन्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टिएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको छड हो । हाल यसले एफई ५०० डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पु¥याउन डिलरको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल भएको थियो ।

      ‘जे बन्छ, दिगो बन्छ’ भन्ने मूल नाराका साथ नेपालमा नै दैनिक १४ सय टन उत्पादन क्षमता भएको अम्बे स्टिलको शुक्रबार बट्टारमा डिलर सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नुवाकोट तथा रसुवामा रहेर अम्बे स्टिलको टिएमटी छड बिक्रेतालाई सम्मानसमेत गरेको छ । सम्मेलनमा वरिष्ठ हास्य कलाकार महजोडी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा नुवाकोट उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षको समेत सहभागिता रहेको थियो । कार्यक्रममा महजोडीले पहिलोपटक व्यावसायिक विज्ञापनमा काम गरेको अम्बे स्टिल्स महजोडीको सम्बन्धजत्तिकै दिगो र विश्वासिलो रहेको बताए । उनीहरूले नेपालगन्जबाट दैनिक एक हजार टन र भैरहवाबाट दैनिक चार सय टन क्षमतामा उत्पादन भइरहेको यस अम्बे स्टिल्सले नेपालको गौरवको रूपमा रहेको धरहरा निर्माण, सङ्घीय संसद् भवनलगायत राष्ट्रिय महत्वका योजनामा निर्माणको काम भइरहेको हुँदा ढुक्क भएर घर तथा भवनमा प्रयोग गर्नका लागि आग्रहसमेत गरे । गुणस्तरमा विश्वास भएर मात्र आफूहरू कम्पनीको ब्रान्ड एम्बेस्टर भएको जानकारी सो अवसरमा महजोडीले गरेका थिए ।

      नुवाकोट जिल्लामा कम्पनी सामग्रीको राम्रो व्यवसाय गर्न सहयोग गरेको भन्दै कार्यक्रममा नुवाकोटको विदुरमा रहेको ॐ शिव शक्ति हार्डवेयरलगायत जिल्लाका अन्य केही हार्डवेयर पसललाई सम्मान गरेको थियो । कार्यक्रममा कम्पनीका ब्रान्ड मेनेजर सञ्जीव क्षेत्रीले अम्बे स्टिल्सको वर्तमान अवस्था, प्राविधिक विषय तथा रडको सुरक्षाको विषयमा जानकारी गराएका थिए । रड बङ्ग्याउँदा कम्तीमा चार गुना ठूलो डाईको प्रयोग गर्न सुझाब दिइएको थियो । सिइओ जसु श्रेष्ठले अम्बे स्टिल्सले नारामा जस्तै हरेक संरचनाको दीर्घजीवन रहने जिम्मेवारी कम्पनीले लिने तथा हरेक ब्याचको उच्चस्तरीय गुणस्तरको प्रयोगशालाबाट परीक्षण गरिसकेर मात्र बजारमा सामग्री पठाउने गरिएको जानकारी दिए ।