फुटसल कपको पचास हजार कालिकाले जित्यो

धुन्चे, रसुवा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको दोस्रो अकियास फुटसल कप प्रतियोगिता युनिटी कालिकाले हात पारेको छ । फागुन १८ गतेदेखि शुरू भएको फुटसल प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

     शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्जवलित समाज (अकियास) को आयोजनामा भएको सप्ताह ब्यापी फुटसल प्रतियोगितामा रसुवाको २९ टिम र नुवाकोटको दुई टिम गरी ३१ वटा टिमले खेलका थिए । प्रतियोगितामा पहिलो भई युनिटी कालिकाले नगद ५० हजारसहित ट्रफि, दोस्रो हुने ज्याङदे युवा सोसाईटीले २५ हजार नगदसहित ट्रफि, तेस्रो हुने भुमेदेवी कल्लेरी युवा क्लबले १५ हजार नगदसहित ट्रफि र सान्त्वना हुने आयोजक टिम अकियासले ५ हजार नगदसहित प्रशंसापत्र प्राप्त गरेका छन् । आजको युवालाई पढाईको साथ–साथै खेलकुदबाट अगाडी बढाएर लाने आवश्यक रहेकोले आफू र आफ्नो ठाउँलाई चिनाउन यस्तै खेल खेल्न जरुरी रहेको आयोजक टिमका अध्यक्ष निवेश श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो ।

      हिमाली जिल्ला रसुवा तामाङ सम्पदा मार्ग र पदयात्राको लागि हो भनेर चिनिंदै आएको छ । अबका दिनमा खेलकुदमा पनि अगाडी रहेको विश्वभर चिनाउनुपर्ने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तमाङले बताउनु भयो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा फुटसल खेलमाफर्त जिल्लाभित्रका विभिन्न प्रतिभालाई उजागर गर्न अगामी दिनमा पनि निरन्तरता दिने आयोजकले बताईएको छ । गत मंगलबारदेखि शुरू भएको खेल आइतबार सम्पन्न भएको हो ।