एस.एम.एल इसुजूको शोरूम बट्टारमा

बट्टार, नुवाकोटको बट्टारमा क्ःी क्ष्क्ग्श्ग् ब्राण्डको ट्रक, बसको शोरूम आईतबारदेखि सञ्चालनमा आएको छ ।

      नेपालमा क्ःी क्ष्क्ग्श्ग् को आधिकारिक बिक्रेता नेसनल मोर्टस प्रा.लि.ले बट्टारमा कानदेवी मोर्टस एआर टिई प्रा.लि.लाई रसुवा नुवाकोटको लागि बिक्रेता नियुक्ति गरेको छ । शोरूमको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गर्नुहुँदै जापनिज ब्राण्डको पुरानो मोटर कम्पनी क्ःी क्ष्क्ग्श्ग् नुवाकोटको लागि नयाँ भएपनि ब्यवसायीले खोजिरहेको बताउनु भयो । क्ःी क्ष्क्ग्श्ग् को बस तथा ट्रकको बिक्री तथा बिक्रीपछिको सम्पूर्ण सेवा सुविधा बट्टारमा उपलब्ध भएपछि ट्रक बस बिक्री बढ्ने उहाँले बताउनु भयो ।

      कानदेवी मोर्टसका सञ्चालक आरजु खड्काले उद्घाटनको दिन आईतबार एकवटा ट्रक बिक्री भएको, एकवटा स्कुल बस बुकिङ भएको बताउनु भयो । ट्रक पोल्ट्री ब्यवसायी प्रो.होमनाथ दवाडीले गोरखाली जनरल सप्लायर्सको नाममा खरीद गरेका छन् भने स्कुल बस सुभेनियर बोर्डिङ स्कुलले बुकिङ गरेकोे बताउनु भयो । जिल्लामा ट्रक, बस बिक्री, पार्टसपुर्जा र सर्भिसको सुविधा थपिएपछि उद्योगी ब्यवसायीले यो ब्राण्डको बारेमा चासो राखेका छन् । कानदेवी मोर्टसले जिल्लाका वर्कशपमा कार्यरत मेकानिक्स र हेल्परलाई कम्पनीको प्रडक्सन इञ्जिनियरले ट्रक बसको क्षमता, सर्भिस, पार्टस् र मेकानिकल अवस्थाको बारेमा बृहत जानकारी गराउन भेटघाट कार्यक्रम समेत गरेको थियो ।