तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ चैत्र २०७७, बिहीबार १४:४९
Buddha Eyes

नुवाकोट जिल्ला सदरमुकाम आसपास क्षेत्र आजभोलि जुवाडे र यौनकर्मीको कब्जामा परेको छ । जुवाडे र यौनकर्मीले बजार कब्जा गरेपछि अन्य व्यवसायको दम बढेको छ । कोरोनाको महामारीले व्यवसायी क्षेत्र ध्वस्त भए पनि जुवाडे र जुवाखाल, यौनकर्मी र यौन व्यवसाय फस्टाउँदै गर्दा स्थानीय प्रहरी प्रशासन कफ्र्यु लगाउनपर्ने अवस्थामा । उत्तर दक्षिण सिमाना जोड्ने दक्षिण एसिया स्ट्यान्डरको हाइवे बनेर हो कि यौन व्यवसायी ह्वारह्वार्ती प्रवेशले कोरोना भाइरस बाई–बाई भएको छ । तीन तहको सरकारले काम नदिएर बेरोजगार बनाएपछि बिचराहरूले विकल्प के गरून् त ? छिमेकी भारतमा कोठी सञ्चालन गर्नुहुने मित्र राष्ट्र थाइल्यान्डको बैंककमा लाइसेन्स लिन पाउने, हाम्रो जिल्लामा चाहिँ किन नपाउने भनेर जुलुस उठ्यो भने प्रहरीको तनाव बढ्नेछ । जिल्लामा नदी दोहनको मापदण्ड नपुगे पनि जुवाडे र यौनकर्मीको मापदण्ड पुग्दै गर्दा सिंहदरबारका सिंह बनेका स्थानीय सरकार दङ्ग ! सदरमुकाम आसपास क्षेत्रमा नयाँ अनुहारको बिगबिगी देखिँदा होटेल, रेस्टुरेन्ट खचाखच् ! पर्यटक प्रवद्र्धनमा नुवाकोटको छलाङ !