चक्रदेव पोलिक्लिनिक तेस्रो वर्षमा

विदुर, अनाथ बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरी चक्रदेव पोलिक्लिनिकले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

     पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा विदुर नगरपालिका–२ मा रहेको जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवासमै पुगेर २७ जना अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गरेको थियो । पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितका अनुसार छात्रवासका बालबालिकाको स्वास्थ्य उपचारमा टिकट शुल्क नलाग्ने र स्वास्थ्य चेकजाँचमा ५० प्रतिशत छुटको ब्यवस्था यो वर्ष गरिएको बताए । स्वास्थ्य शिविरमा बालबालिकाको रगत समूह पहिचान परीक्षणसमेत गरिएको थियो । बालबालिकालाई शैक्षिक सामग्री कापी, कलम, पढ्नका लागि टेबल सामग्री र फलफूल वितरण गरिएको थियो । पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका ३७ जना ज्येष्ठ नागरिकको समेत निःशुल्क स्वास्थ्य चेकजाँच गरेको थियो ।