आँखा शिविर सम्पन्न

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिकामा रहेको कालिकास्थानमा चैत ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले उपचार पाए । एकजनाको मासु पलाएको शल्यक्रिया भएको छ ।

      नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो । उक्त शिविर कालिका गाउँपालिका कालिका र युवा क्लब हाई कम्स नेपाल, ग्लोबल आइएमई बैंक धुन्चे र नौकुण्ड शाखाको समन्वयमा मोतिबिन्दु भएका र एकजनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको थियो । मोतिबिन्दु शिविरका लागि तिलगंगा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा. रोहित सैजूले उपचार गरेका थिए । २०६३ सालमा रसुवा जिल्लामा स्थापना भएको सामुदायिक आँखा केन्द्रले जिल्लाभित्रका कुना–काप्चा र पायक पर्ने ठाउँमा गई हरेक वर्ष शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको डा. सुपेन्द्र ताम्राकारले बताए ।

     दूरदराजमा रहेका ग्रामीण बस्तीका आमनागरिकलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घरआँगनमा विशेषज्ञ टोलीमार्फत उपचार गराई लामो यात्रा गरिरहनु नपर्ने र भएर बेला–बेलामा यस्तै शिविरमार्फत आँखाको उपचार निःशुल्क गरेपछि खर्च कम लाग्ने काठमाडौं तथा त्रिशूली जान नपरे पनि आर्थिक भार कम हुने नागरिक समाज तथा रेडक्रस सोसाइटी रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।