लारानिको वार्षिकोत्सवमा संरक्षणप्रेमी सम्मानित

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा कार्यालय रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको ४५औं वार्षिकोत्सव चैत्र ९ गते सम्पन्न भएको छ । सो अवसरमा सात जना संरक्षणप्रेमी सम्मानित भएका छन् ।

      ‘जैविक विविधताको संरक्षण नै समृद्धिको आधार’ भन्ने मुल मन्त्र बाँकी चैत ९ गते आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरेर मनाईयो । दिवसको अवसरमा संरक्षणमा आफ्नो क्षेत्रबाट अमुल्य योगदान गरे बापत सम्मानित हुनेमा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, नेपाल प्रहरी, रसुवाको पहिलो पर्यटन तथा होटल ब्यवसायी सुब्बा लामा, सञ्चारकर्मी ज्ञानेन्द्र न्यौपाने, गोसाइँकुण्ड गाउँपालिका वडा नं.–४ का वडाध्यक्ष सुप्पा लामा, लाङटाङ हिउँ चितुवा संरक्षण समूह र लारानिका एक कर्मचारी रहेका छन् ।  निकुञ्ज भित्र वन्यजन्तु बाट क्षति भएको बाली नालीको क्षति वापत राहत वितरण समेत गरिएको थियो । सो अवसरमा बदेलले मकै बाली क्षति गरेको कालिका गाउँपालिका वडा नं.–१ का दिपक तामाङलाई ६० हजार, कालिका गाउँपालिका वडा नं.–३ का खिलप्रसाद आर्चायलाई ६५ हजार, नौकुण्ड गाउँपालिका वडा नं.–६ का बुधे ग्याम्जो तितुङलाई ७५ हजार, कालिका गाउँपालिका वडा नं.–२ का रामप्रसाद न्यौपानेलाई ७५ हजार, कालिका गाउँपालिका वडा नं.–२ का तुलबहादुर स्याङबोलाई ७० हजार र कृष्णबहादुर मोक्तानलाई ४५ हजार वितरण गरिएको बताईएको थियो ।

       २०३२ साल चैत्र ९ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलको आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज हो । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको ११ वटा गाउँपालिकालाई समावेश गरी २०५५ बैंशाख १४ गते निकुञ्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमार्फत जैविक विविधता संरक्षण र ब्यवस्थापनका विविध कार्यक्रम सञ्चालन भईरहेका छन् । भौगोलोगिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधार वन पैदावारको अबैध संकलन तथा ओसार–पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनको अंगको अबैध ओसार–पसार सुख्खा मौसममा हुने आगलागी तथा स्थानीय जनता बन्यजन्तुबीच समय–समयमा उत्पन्न हुने द्धन्द यस निकुञ्ज संरक्षणका लागि समस्याको रुपमा रहेको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनु भयो । यी समस्या सामना गर्दै वन वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्नु निकुञ्जको मुल उद्देश्य रहेको उनले बताईन् । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ । हिमाली पदयात्राको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपुर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तब्यस्थलको रुपमा लाङटाङ परिचित छ । निकुञ्ज क्षेत्रमा ह्ुने वन पैदावरको चापलाई न्युनीकरण गर्न र निकुञ्ज क्षेत्रमा हुने वन पैदावरको चापलाई न्युनिकरण गर्न र निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको प्राकृतिक श्रोतको उचित ब्यवस्थापनको लागि निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र १ सय ९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूह रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा गठन भएका छन् ।

       यस निकुञ्जमा साल, खोटेसल्ला, कटुस, गोबे्रसल्ला, धुपीसल्ला, ओखर, खसु्र, भोजपत्र, गुराँसलगायत एक हजार भन्दा बढि प्रजातिका वनस्पति, रेडपाण्डा, कस्तुरी, मृग, हिउँचितुवा, ध्वासेचितुवा, ब्वासो, सालक, चरीबाघ, आसमीज रातोबाँदर, लंगुर बाँदर, घोरल, कालो भालु जस्ता दुलर्भ तथा महत्वपुर्ण वन्यजन्तु पाईन्छ । यस निकुञ्जमा १७ स्थानमा निकुञ्जको र १३ वटा स्थानमा नेपाली सेनाको सुरक्षा पोष्ट रहेका छन् । अथाह पर्यटकिय आकर्षणको केन्द्रलाई भरपुर उपयोग गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने प्रशस्तै सम्भावना बोकेको यस क्षेत्रको लागि जलिय पर्यटन समेत ठुलो सम्भावना बोकेको छ । निकुञ्जको संरक्षण र ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन १० वटै गाउँपालिका स्थानीय आमा समुह, इको क्लब, हिउँचितुवा संरक्षण समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, खर्क ब्यवस्थापन समुह लगायतका स्थानीयस्तरमा संघ–संस्थासँग समन्वय तथा सहकार्यमा संरक्षणका कार्य हँुदै आएकोनिकुञ्जले जानकारी दिएको छ ।