पदमार्गका होटेल पर्यटन विभागमा दर्ता अनिवार्य

  • सरस्वती न्यौपाने

धुन्चे,  रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत गोसाइँकुण्ड पदमार्गमा रहेका निजी होटेल तथा निकुञ्जको जग्गामा सञ्चालन भएका होटेल तथा लज, चियापसलले गुणस्तरीय सेवा–सुविधा प्रदान गर्न पर्यटन विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ ।

      प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार निकुञ्जभित्रका सम्पूर्ण होटेल तथा लज, चियापसल बाह्रै महिना खुला गरी पर्यटकलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराई पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको पूर्ण विवरणलगायत कुक, वेटर, हेल्परको रूपमा काम गर्ने कामदारको पूर्ण विवरण राखेर प्रत्येक महिना कार्यालयमा रिपोर्ट पेस गर्नुपर्नेछ । आफैँले व्यवसायका लागि बनाएको मेनु निकुञ्जबाट प्रमाणित गर्नुपर्नेलगायतका निर्णय निकुञ्ज कार्यालयका अधिकृत कर्मचारी र व्यवसायीबीच भएको बैठकले गरेको छ । होटेल दर्ता गरेर प्यान नम्बर लिनुपर्ने र मदिरा बेच्नुपरेमा अन्तःशुल्क कार्यालयबाट अनुमतिपत्रसमेत लिनुपर्नेछ ।