प्रदेश दुईका प्रमुख राजेशको नुवाकोट भ्रमण

विदुर, प्रदेश नम्बर-२ का प्रमुख राजेश अहिराजले गत हप्ता नुवाकोटका विभिन्न धार्मिक एवं पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।

     मनाङ, कास्कीको पोखरा, गोर्खा दरबार हुँदै नुवाकोट दरवार परिसरसम्म पुगेका अहिराजले शनिबार नुवाकोट दरवारको अवलोकन तथा देवी भैरवी मन्दिरको दर्शन समेत गर्नुभएको छ । दरबार नजिक रहेको एडभेन्चर प्रा.लि.ले सञ्चालन गरेको जिपलाईनको अवलोकन गर्नुको साथै जिपलाईन चढेर मज्जा लिनुभएको थियो । उहाँलाई जिपलाईनमा यात्रा गर्दा रमाइलो लागेको र जिपलाईनले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढाउनुको साथै जिल्ला र स्थानको परिचयमा अझ बढावा दिएको बताउनुभयो ।

     अवलोकनका क्रममा अहिराजले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तब्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो । उनले यो क्षेत्र पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोहीअनुरुप विकास गर्न सुझाव समेत दिनुभयो । गोर्खा दरबारपछि नुवाकोट आईपुगेका प्रमुख अहिराजले नुवाकोट दरबार परिसर अवलोकन गरी पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो क्रममा उनी देश निर्माणका परिकल्पनाकार र नेपाल स्थापना गर्न पु¥याएको योगदानका आधारमा अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान गर्नुपर्ने बताउनु भयो ।