पत्रकार महासंघको अध्यक्षमा पुनः कपिलदेव

विदुर, नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुनः कपिलदेव खनाल निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्व टिमका एकाध बाहेकका सबै उम्मेदवार विजयी भएका छन् ।

      प्रेस संगठन (प्रेस सेन्टर) र प्रेस युनियनको गठबन्धन टिमबाट उम्मेदवारी दिनुभएका खनालले ६३ मत अन्तरले प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र पत्रकारको संयुक्त प्यानलको टिमबाट उम्मेदवारी दिएका नारायणप्रसाद नेपाललाई पराजित गर्नुभएको हो । खनालले १ सय ९ र नेपालले ४६ मत प्राप्त गरेका छन् । जितसँगै खनालले नेपाल पत्रकार महासंघ नुवाकोटमा आफ्नो कार्यकाल दोहो¥याउनु भएको छ । उपाध्यक्षमा नमराज सुवेदीले ८५ मत, महिला उपाध्यक्षमा जमुना गजुरेलले ९५ मत र सहसचिवमा सुरज सिलवालले १ सय ८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा सुनिल बिष्टले ८९ प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवारको तर्फबाट उम्मेदवारी दिएका गमला लामालाई २१ मतान्तर मतले जित हासिल गर्नुभएको हो । प्रेस युनियनबाट नै बिष्टलाई बागि उम्मेदवारको रुपमा गमला लामाले उम्मेदवार दिनुभएको थियो । गमला लामाले ६८ मत प्राप्त गर्नुभएको थियो । बिष्टले पनि आफ्नो कार्यकाल दोहो¥याउनुभएको छ । दुवै उम्मेदवार नेपाली काँग्रेस निकटका हुन् । सदस्यमा सुजित भण्डारी, मुकुन्दराज अर्याल, राममणि अधिकारी, हरिराम भेटुवाल, उषा रेग्मी र रविन दाहाल निर्वाचित हुनुभएको छ ।

       सदस्यमा एक जना भने प्रेस चौतारी नेपालको तर्फबाट निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवार कृष्ण अधिकारीले ८८ मत ल्याउँदै जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको हो । ७ जना खुल्ला सदस्यको लागि भएको मतदानमा ८ जना उम्मेदवार रहेका थिए । जसमा प्रेस युनियन निकटका उम्मेदवार शालिकराम चालिसे मात्रै हार ब्यहोरेका छन् । अध्यक्ष पदका प्रत्यासी हुनुभएका नारायणप्रसाद नेपाल नेतृत्वको टिमका उपाध्यक्ष पदका लागि नवदिप श्रेष्ठ ७४, महिला उपाध्यक्षमा रुपा अर्यालले ६० र सह–सचिवमा भारत सन्तोषी लामाले ४४ मत प्राप्त गरेका छन् । केन्द्रीय विधान परिषद् सदस्यमा भोलाप्रकाश पौडेल १ सय ३४, प्रकाशकुमार अधिकारी १ सय २५, किरणप्रसाद अधिकारी १ सय १ र बद्रिप्रसाद प्याकुरेलले ९१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । केन्द्रीय विधान परिषद् सदस्य पदमा भएको निर्वाचनमा देवचन्द्र भट्टले ८५ प्राप्त गरी पराजित भएका छन् । खनाल प्यानलका सचिव पदका उम्मेदवार जगदीश खनाल, समावेशी सह–सचिव दुर्गा पनेरु, महिला सदस्यमा मनिषा सापकोटा, दलित सदस्यमा राजकुमार नेपाली, जनजाती आदिवासीमा भगवती लामा, समावेशी सदस्यमा प्रितिका थापा निर्बिरोध निर्वाचित हुनुभएको थियो ।

      त्यस्तै, प्रदेश परिषद् पदका लागि सर्वसम्मत रुपमा रोशन भण्डारी, शर्मिला उप्रेती, द्वारिका प्याकुरेल, सन्तोष रिजाल, श्रीराम अधिकारी, माधवकुमार गजुरेल, रमेश अधिकारी, रिना खनाल, विष्णु चालिसे, सफलता बोगटी, श्रीकृष्ण आचार्य र राजेन्द्र गजुरेल निर्विरोध निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि गत बुधबार पहिलो पटक देशभर एकैदिन २६औं महाधिवेशनको चैत २५ गते ऐतिहासिक निर्वाचन भएको थियो । १३ हजार भन्दा बढी पत्रकार सदस्यले आफ्नो नेतृत्व चयनका लागि मतदान गरेका थिए । नुवाकोटमा भने कुल १ सय ७४ मतदाता रहेकोमा १ सय ६३ मत खसेको थियो । यस्तै, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश कार्यसमितिमा शिव देवकोटा निर्वाचित हुनुभएको छ । देवकोटाले नुवाकोट जिल्लाबाट मात्रै १ सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँसँगै वाग्मती प्रदेशमा नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने रामहरी गजुरेल निर्वाचित हुनुभएको छ । पत्रकार महासंघ केन्द्रिय कार्यसमिति सदस्य भुगोलमा वाग्मती प्रदेशतर्फका नुवाकोटबाट उम्मेदवार रहनुभएका धु्रव रावल विजयी हुनुभएको छ । उहाँले नुवाकोट जिल्लाबाट मात्रै १ सय ४६ मत प्राप्त गर्नुभएको थियो ।