त्रिशूली प्रवाहको २२ वर्षे यात्रा : अमेरिकामा बस्ने नुवाकोटेको मूल्याङ्कनमा

  • रामचन्द्र भट्ट

विगत २२ वर्षदेखि हरेक वर्षेको बैंशाख १ गतेले एउटा सन्दर्भसँग जोड्दै आएको छ । त्यस भन्दा अघिको बैंशाख १ ले बिक्रम सम्वतको नयाँ वर्षको थालनीका रुपमा जोड्दै आएको थियो । तर २०५७ बैंशाख १ को साइतमा सुरु गरिएको त्रिशूली प्रवाह साप्ताहिकले त्यसयता नयाँ वर्षको दिनलाई ‘नौस्टाल्जिक’ बनाउँदै आएको छ ।

     कुन परिवेशमा प्रकाशन सुरु भयो ? कस्ता हण्डरहरु व्यहोर्नुप¥यो ? कति पटक आक्रमण भए ? यसको लेखाजोखा धेरैपटक गरिसकियो । आफैंले हिसाब किताब पनि ग¥यौं, पाठकहरुले पनि गरिसक्नुभयो । भविष्यको योजना बिना थालनी गरिएको यो यात्रा यहाँसम्म आईपुग्ला भन्ने निश्चित पनि थिएन । विविध उतार चढावलाई ब्यहोर्दै त्रिशूली प्रवाहले आजबाट २२ वर्ष पुरा गरेको छ । त्रिशूली प्रवाहले २२ वर्ष पुरा गरेको अवसरमा मैले अमेरिकामा रहनुभएका तीनजना ब्यक्तित्वसँग उहाँहरुको अनुभूतिका बारेमा कुराकानी गरेको छु । नेपालमा छँदा उहाँहरु त्रिशूली प्रवाहको नियमित पाठक हुनुहुन्थ्यो । हुनतः अमेरिकाको पूर्वी तटीय शहरहरु न्यूयोर्क, बोस्टन, मायामी देखि लिएर पश्चिम तटीय शहरहरु लसएन्जलस, सानफ्रान्सिस्को, सियाटलसम्म नुवाकोटेहरु नभएको कुनै ठाउँ छैन । उत्तरमा सिकागोदेखि दक्षिणमा ह्युस्टनसम्म नुवाकोटे नबसेको कुनै शहर बाँकी छैनन् ।

     तर यसपटक मैले विगतमा त्रिशूली प्रवाहलाई नजिकबाट नियाल्ने तीनजना ब्यक्तिसँग कुराकानी गरेर उहाँका विचारलाई लिपिबद्ध गरेको छु । गीता पाठक पाण्डे दुई दशक अघि नुवाकोटमा युएनडिपी अन्तरगतको लघु उद्यम विकास कार्यक्रमको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । डेढ दशकदेखि अमेरिकाको ड्यालसमा बस्दै आउनुभएकी पाण्डेसँग त्रिशूली प्रवाहका बारेमा प्रतिकृया माग्दा उहाँ निकै उत्साहित हुँदै सोध्नुभयो–‘ओहो अहिले को को छन् त्रिशूली प्रवाहमा ?’  राजनीतिक अवस्था असाध्यै तरल भएको, माओबादीको आन्दोलन उत्कर्षमा पुगेको अवस्थामा युएनडिपी जस्तो दातृसंस्थाको प्रोजेक्ट लिएर जिल्ला जाँदा काम गर्न सुरुसुरुमा निकै कठिनाई भएको उहाँले स्मरण गर्नुभयो । कार्यालय भाडामा लिने कुरादेखि लिएर कार्यक्रमस्थल छनौटमा समेत निकै अप्ठेरोलाई चिर्दैै जतिन्जेल विदुर बसियो निकै राम्रोसँग कार्यक्रम गरेको उहाँले स्मरण गर्नुभयो ।

     ‘स्थानीय पत्रिका भएका कारण त्रिशूली प्रवाहले ‘न्यूज कभरेज’ र प्रचार प्रसारमा निकै सहयोग गरेको थियो’ त्यतिखेरका दिनहरु सम्झिँदै उहाँले भन्नुभयो । पाण्डेले त्यतिखेरको स्मरण गर्दै भन्नुभयो–‘त्रिशूली प्रवाहले एक पटक मेरो इन्टरभ्यू पनि लिएको थियो । त्यतिखेर मैले भनेको भन्दा बेग्लै आशयको शिर्षक आउँदा अलि खल्लो पनि लागेको थियो । तर त्यो त्यति ठूलो विषय त होइन ।’

        लघु उद्यम विकास कार्यक्रमका गतिविधिलाई अन्य मिडिया मार्फत भन्दा त्रिशूली प्रवाहबाट प्रचार प्रसार गर्दा निकै सजिलो महसुस हुने र जिल्लाका धेरै ठाउँमा पुग्ने पत्रिका भएकोले कभरेज पनि पुगेको उहाँको अनुभव थियो । ‘जिल्ला छाडेपछि काठमाडौंमा हुँदा नजिकैको स्टेशनरीमा गएर पनि बिहीबार त्रिशूली प्रवाह किनेर पढ्ने गरेको थिएँ । किनभने आपूले जिल्ला छाडेपछि के भैराखेको छ भनेर अपडेट हुन सहयोग मिल्थ्यो । अहिले यता (अमेरिका) आएपछि त त्रिशूली प्रवाहका बारेमा केही अपडेट थिइन । नियमित रहेछ, ज्यादै खुशी लाग्यो । टिमलाई नै वधाई र शुभकामना छ’ उहाँले भन्नुभयो । विद्यार्थी राजनीतिमा कुनै बखत निकै चर्चित नाम हो पुरुषोत्तम बोहोरा । हाल पञ्चकन्या गा.पा. साबिकको कविलासका स्थायी बासिन्दा बोहोरा अनेरास्ववियूको केन्द्रिय नेतृत्वमा समेत पुगिसक्नुभएको थियो । उहाँ पनि एक समय त्रिशूली प्रवाहको नियमित पाठक हुनुहुन्थ्यो । उहाँ हाल अमेरिकाको केन्टकी राज्यमा बसेर व्यबसायमा संलग्न हुनुहुन्छ ।

     ‘बिहीबार प्रकाशित हुन्थ्यो जस्तो लाग्छ । नयाँबजारमा टिआर न्युज एण्ड स्टेशनरीमा गएर त्रिशूली प्रवाह नकिनी र नपढेसम्म जिल्लाका बारेमा अपडेट नै होइदैन जस्तो लाग्थ्यो’ बोहोराले भन्नुभयो । अहिलेजस्तो हरेकका हातहातमा मोबाइल फोनको समय थिएन त्यतिखेर । जिल्लाको खबर थाहा पाउन कि त कोही न कोही काठमाडौं आउनुपथ्र्यो, कि त आपैm सदरमुकाम पुग्नुपथ्र्यो । त्यति गर्दा पनि जिल्लाका सबै खबर पाइँदैनथ्यो । ‘त्यस्तो अवस्थामा हामी काठमाडौंमा बसेर पढिरहेकालाई जिल्लाका बारेमा अपडेट हुने माध्यम थियो त्रिशूली प्रवाह’ बोहोराले त्यतिखेरलाई स्मरण गदैै भन्नुभयो । नयाँ बजारमा त्रिशूली प्रवाह नपाउँदा कतिपटक त गोँगबुमा दाहाल दाजुभाईले सञ्चालन गरेको स्टेशनरीमा समेत पुगेर पत्रिका पढ्ने गरेको थिएँ । ‘अहिले लामो समयदेखि म पनि अमेरिकामा रहेका कारण अपडेट त छैन, तर त्यतिखेरका लागि भने जिल्लाको निम्ति एउटा ऐनानै थियो भन्दा पनि हुन्छ त्रिशूली प्रवाह’ बोहोराले भन्नुभयो ।

      हालैमात्र युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गटनबाट सूचना प्रविधिमा ब्याचलर गर्नुभएका भीषण न्यौपाने स्कुले जीवनमै त्रिशूली प्रवाहसँग निकट हुनुहुन्थ्यो । ‘म त्यतिखेर सुभेनियर बोर्डिङमा सात कक्षामा पढ्दै थिएँ । विदुर खानेपानीले आयोजना गरेको निवन्ध प्रतियोगितामा म पहिलो भएको थिएँ । नवदीप दाईले ‘निबन्ध लेखनमा भीषण पहिलो’ शिर्षकमा समाचार लेख्नुभएको थियो । अहिले पनि मलाई त्यो याद छ’ न्यौपानेले स्मरण गर्दै भन्नुभयो । त्यसपछि त्रिशूली प्रवाहमा न्यौपानेले धेरै पटक कविताह लेख्नुभयो । ‘मेरो घरमा डेरा गरेर बस्नेहरु मध्ये अधिकांश जिल्लामा गिनेचुनेका, नाम चलेका पत्रकार नै थिए । त्यसले गर्दा पनि मलाई समाचार बुभ्न र पत्रकारसँग नजिक तुल्याएको हो’ न्यौपानेले भन्नुभयो । कविता र आपू विजयी भएको समाचार भएको पत्रिकालाई भोलीपल्टै स्कुलको सूचना पाटीमा लगेर टाँसिन्थ्यो ।‘पत्रकारसँग नजिक भएपछि आपू पुरस्कृत भएको खबरहरु टिपेर दिन्थे, दाइहरुले त्यो टिपोटलाई राम्रोसँग समाचार बनाएर प्रकाशित गरिदिनुहुन्थ्यो ।

        त्रिशूली प्रवाह चाँही जिल्लामा विशेष खालको पत्रिका थियो । जिल्लाबाट प्रकाशित हुने सबै पत्रिकाहरु ब्ल्याक एण्ड ह्वाइट हुन्थे, तर त्रिशूली प्रवाहको मास्टहेड भने रातो हुने भएकोले निकै आकर्षक हुन्थ्यो’ न्यौपानेको अनुभूति थियो । अहिले जस्तो छ्यापछ्याप्ती अनलाइन नभएको, सामाजीक सञ्जालको जन्मै नभएको समयमा त्रिशूली प्रवाहले जिल्लाको पत्रकारितालाई उचाईमा पु¥याउन, गाउँगाउँका खबरलाई स्थान दिएर त्रिशूली प्रवाहले पठनीय बनाएको उहाँहरु तीनैजनाको अनुभूति थियो । राष्ट्रियस्तरका पत्रिकाले स्थान नदिने र स्थानीय रुपमा निकै महत्व राख्ने र अरुलाई प्रेरणा पुग्ने समाचारलाई प्राथमिकतामा राखेकै कारण त्रिशूली प्रवाहले छोटो समयमै उचाई हासिल गरेको उहाँहरुले महशुस गर्नुभएको छ ।