रेस्लिङ खेल सम्पन्न

शिवपुरी, नयाँ वर्षको अवसरमा सम्पन्न रेस्लिङ खेलमा आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर गत बुधबार च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जित्नुभएको छ ।

      नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराएका छन् । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । नुवाकोटको शिवपुरीको सुर्यचौरमा भएको प्रतियोगिताको लाईट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित हासिल गर्नुभयो । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत हुनुभएको छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य समेत रहनुभएको आयोजक संघका महासचिब सुवर्णाकेशरी श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले पुरस्कृत गर्नुभएको थियो । एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी भएका थिए । प्रतियोगितामा विकास खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।